काठमाण्डू: रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूले सोमबार ललितपुरको ग्वार्कोस्थित ईपीएस शाखा घेराउ गरेका छन्।
भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा पनि रोजगारीका लागि कोरिया जान नपाएको भन्दै उनीहरूले ईपीएस शाखा घेराउ गरेका हुन्।