लामा गाउँ गोल्ड कपः आमुक्त परिवारको रोमाञ्चक जीत

photocollage_202516211345822

दार्जीलिङ: लामा गाउँ वेलफेयर सोसाइटी, दार्जीलिङको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टमा आमुक्त परिवारले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। सोमवार भएको म्याचमा आमुक्त परिवारले चाँद फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। विजेता टीमका गोलकीपर निमदुप लेप्चाले प्लेयर अव् द म्याचको पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २० र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २६ जनवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement