राजु बिष्टले गरे केन्द्रीय गृहमन्त्री अमित शाहसित त्रिपक्षीय वार्ताबारे चर्चा

IMG-20250106-WA0290

सिलगढी: सांसद राजु बिष्टले आज केन्द्रीय गृहमन्त्री अमित शाहलाई दिल्लीमा भेट गरेका छन्l यस भेटवार्ताबारेमा उनले जानकारी दिएका छन्l उनले केन्द्रीय सरकारले चाँडोभन्दा चाँडो केन्द्र सरकार, पश्चिम बंगाल सरकार र गोर्खा समुदायका प्रतिनिधिलाई समावेश गरी त्रिपक्षीय वार्ता गर्ने बताए। सांसद राजु बिष्टले भने, ‘अमित शाहजीले हाम्रो क्षेत्रका जनतासँग सम्बन्धित सबै समस्याहरू वार्ताको माध्यमबाट समाधान गर्न र सबै सरोकारवालाहरूका सरोकारहरूलाई विचार गर्न समग्र दृष्टिकोण अपनाउने केन्द्र सरकारको प्रतिबद्धता दोहोर्याए।‘ त्रिपक्षीय वार्तालाई निरन्तरता दिने तयारी गृह मन्त्रालयले गरिरहेको र छिट्टै बैठकको मिति घोषणा गरिने उनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement