सिलगढीको नीलनालिनी विद्यामन्दिर हाई स्कूलमा सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम

Capture9

सिलगढी: सिलगढीको नीलनालिनी विद्यामन्दिर हाईस्कूलमा विद्यालयका विद्यार्थीहरूलाई ट्राफिक नियमको महत्त्वलाई जोड दिँदै सडक सुरक्षा सचेतना कार्यक्रम र र्‍याली निकालिएको छ।
सोमबार कञ्चनजंघा रंगशालाबाट निकालिएको जनचेतना र्‍यालीमा स्थानीय सात विद्यालयका विद्यार्थीको सहभागिता रहेको र्‍याली शहरका विभिन्न भागको परिक्रमा गरी निलनलिनी विद्यामन्दिर हाईस्कुलमा पुगेर समापन भएको थियो। र्‍यालीपछि विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरिएको थियो।
कार्यक्रममा सिलगढीका मेयर गौतम देब, जिल्ला अधिकारी प्रीति गोयल, डीसीपी (ट्राफिक) विश्व चन्द ठाकुर लगायतका अधिकारीहरू उपस्थित थिए। विद्यार्थीहरूलाई ट्राफिक नियम पालनाको महत्त्वबारे जानकारी दिन सडक सुरक्षासम्बन्धी पावरपोइन्ट प्रस्तुतीकरण गरिएको थियो।
मेयर गौतम देबले अन्य विद्यालयमा पनि यस्तै कार्यक्रम गर्ने जानकारी दिए। उनले विद्यार्थीले उमेर बढ्दै गएको अबस्थामा सवारी चलाउन थालेपछि ट्राफिक नियम बुझेर पालना गर्नुपर्नेमा जोड दिए।
जिल्ला मजिस्ट्रेट प्रीति गोयलले कार्यक्रमले १६ देखि १८ वर्षका विद्यार्थीहरूलाई सुरक्षित ड्राइभिङगर्ने बानी बसाल्न लक्षित गरेको बताइन्। उनले स्कुल बसमा लापरवाही सवारी चलाउन नदिनका लागि पहल गरिने पनि आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement