मोहम्मेडन स्पोर्टिंग क्लबमा सामेल भए माल बजारका सुजीत सिंह

IMG-20220902-WA0078.jpg

२ सेप्टेम्बरः कठोर मेहनत, दृढ़संकल्प र अनुशासनलाई हतियार बनाएर सुजीत सिंहले यसपाली कलकत्ताको अग्रणी क्लब मोहम्मेडन स्पोर्टिंग क्लबको जर्सी हासिल गरेका छन्। न्यू माल निवासी शम्भु सिंह र विणा सिंहका सुपुत्र १९ वर्षीय सुजीतले यसअघि बंगालको तर्फबाट सन्तोष ट्रफी, ईष्ट बेंगलको तर्फबाट हीरो एलिट लीग र केही महिना अघि मात्र साफ अण्डर-२० च्याम्पियनशीपमा भारतीय अण्डर-२० टीमको प्रतिनिधित्व गरेका थिए। सुजीतले यसपाली सफलताको अझ एउटा सिड़ी चड़्दै मोहम्मेडन स्पोर्टिंग क्लबसँग तीन सालको अनुबन्ध हासिल गरेका छन्। सुजीतमा फूटबल खेललाई लिएर सानैदेखि चासो रहेको थियो। माल बजारमा विश्वनाथ बसुबाट खेलको प्रशिक्षण लिएर सुजीतले केही समयको निम्ति स्थानीय टुर्नामेण्टहरूमा आफ्नो कौशल देखाएका थिए। त्यसपछि २०१९-मा जलपाईगढ़ीमा भएको ईष्ट बेंगलको ट्रायलमा हिस्सा लिएपछि चाहिँ सुजीतको भाग्य चम्कियो। ईष्ट बेंगलको अण्डर-१८ टीममा चयन भएपछि चाँड़ै सुजीतले आई लीग खेल्ने मौका पनि पाए। यसको साथमा बंगालको सन्तोष ट्रफी टीममा खेल्ने सुजीतले यसै टीमबाट खेल्दै भारतीय सीनियर फूटबल टीम विरुद्ध मैत्री म्याचमा एक गोल पनि गरे। कठोर मेहनत र लगनको साथ सानो उमेरमै द्रुत गतिमा सफलताको सीड़ि चड़्ने सुजीतले साफ अण्डर-२० च्याम्पियनशीपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement