कोलकाता: निर्वाचन आयोगले सोमबार जारी गरेको बङ्गालको अन्तिम मतदाता सूचीबाट करिब सात लाख नाम हटाइएको छ भने १०.७८ लाख नयाँ मतदाताहरूको नाम जोडिएको एको छ। यो सूची १ जनवरी, २०२५ को जनसंख्याको आधारमा तयार गरिएको छ। नयाँ सूचीबाट हटाइएका नामहरूमध्ये चार लाखभन्दा अधिक मतदाता कार्डलाई निष्क्रिय पाइयो जसमध्ये अधिकांश मतदाताहरूको मृत्यु भइसकेको छ। यस अतिरिक्त तीन लाख यस्ता मतदाताहरूको नाम हटाइएको छ जो अन्य राज्यहरूमा गइसकेका छन्। नौ हजारभन्दा अधिक नामहरूलाई दोहोऱ्याइएको कारणले हटाइएको छ।
यस सूचीलाई लिएर भाजपाले हालैमा केही आरोप लगाएको थियो। पछिल्लो महिना भाजपाको एक प्रतिनिधिमण्डलले बङ्गालका मुख्य निर्वाचन अधिकारीसित भेट गरी दाबी गऱ्यो, ड्राफ्ट सूचीमा १७ लाखभन्दा अधिक नाम दुई पटक दर्ता थियो। यीमध्ये ३२ हजार ८८६ मामिलाहरू यस्ता थिए जहाँ एउटै पहिचान पत्र अलग अलग स्थानहरूमा पञ्जीकृत थियो। भाजपाले मृतक मतदाताहरूको नाम सूचीमा सामेल रहेको आरोप पनि लगायो। सीमा पारि घुसपैठ तथा जाली मतदाताको मुद्दा: पश्चिम बङ्गालका सीमावर्ती क्षेत्रहरूमा अनुप्रवेश तथा किर्ते दस्तावेजको माध्यमबाट मतदाता सूचीमा नाम दर्ता गरेको आरोप पनि अघि आएको छ। यसमाथि प्रतिक्रिया दिँदै तृणमूल कंग्रेसका नेता फिरहाद हकिमले भने, ‘नक्कली नामहरूलाई रोक्नु र जाँच गर्नु निर्वाचन आयोगको जिम्मेवारी हो।‘ बङ्गालको अद्यतन मतदाता संख्या: नयाँ सूच अनुसार, पश्चिम बङ्गालमा कुल मतदाता ७.६३ ,करोड छन् जसमा पुरुष मतदाता ३.८७ करोड, महिला मतदाता ३.७६ करोड तथा तेस्रो लिंगी मतदाता १,८११ सामेल छन्। निर्वाचन आयोगले हरेक वर्ष चार पटक मतदाता सूचीमा संशोधन गर्दछ। आउँदो संसोधन अप्रेल, जुलाई र अक्टोबरमा हुने भएको छ।