कोकराझार जिल्लाका पाँच विधानसभाको लागि अन्तिम मतदाता सूची प्रकाशित

male-indian-voter-hand-voting-260nw-2288490539

कोकराझार(असम): कोकराझार जिल्ला प्रशासनले सोमवार जिल्लाका पाँचवटा विधानसभा क्षेत्रहरू क्रमश: कोकराझार , बौखुंगरी, दोतमा, गोसाईगाउँ र परबतझोड़ाको लागि अन्तिम मतदाता सूची प्रकाशित गरेको छ।
जिल्ला उपायुक्त मसंदा एम. पर्टिनले जिल्ला उपायुक्त कार्यालयको सभागृहमा आयोजित एक प्रेस सम्मेलनमा सो जानकारी गराएका हुन्। वर्ष २०२५-को लागि अन्तिम मतदाता सूचीमा मतदाताहरूको विवरण समाबेश गरिएको छ।
जिल्लामा कूल मतदाताहरूको संख्यामा ६,१६९ वृद्धि भएको छ। जिल्ला उपायुक्त मासंडा एम. पर्टिनले भने, अध्यावधि मतदाता सूचीले स्वतन्त्र, निष्पक्ष एवं पारदर्शी चुनाव सुनिश्चित गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement