उत्तर प्रदेश सरकारले महाकुम्भ २०२५ सिक्किममा लाँदैछ, तयारीको प्रदर्शन गर्‍यो

both

गान्तोक: भारतीय वाणिज्य तथा उद्योग महासंघ (फिक्की)ले उत्तर प्रदेश सरकारको सहयोगमा आज सिक्किमको गान्तोकमा ‘महाकुम्भ २०२५ रोड शो: प्रयागराज महाकुम्भ २०२५ मा भव्य घोषणा र अन्तर्द़ृष्टि’ माथि एक पत्रकार सम्मेलनको आयोजना गर्‍यो। कार्यक्रममा उत्तर प्रदेश सरकारको पञ्चायती राज, अल्पसङ्ख्यक कल्याण, मुस्लिम वक्फ एवं हज मन्त्री ओम प्रकाश राजभर र उत्तर प्रदेश सरकारका सहकारिता राज्य मन्त्री (स्वतन्त्र प्रभार) जेपीएस राठौर पनि उपस्थित थिए। कार्यक्रमको शुरुआत ओम प्रकाश राजभर र जेपीएस राठौरले दीप प्रज्ज्वलन गरेर भएको थियो। आफ्नो सम्बोधनमा राठौरले अन्तर्राष्ट्रिय सहभागिता र अत्याधुनिक सुविधा सहितको कार्यक्रमलाई ऐतिहासिक रहोस् भन्ने सुनिश्चित गर्न सरकारले महत्वपूर्ण कदम चालेको कुरामा जोड दिए। मन्त्रीले भने, ‘‘महाकुम्भले भारतको सांस्कृतिक र आध्यात्मिक चेतनाको भावनालाई मूर्त रूप दिन्छ र ‘एक भारत-श्रेष्ठ भारत-समावेशी भारत (एक भारत, महान् भारत, समावेशी भारत)’ को दिव्य र जीवन्त प्रतिनिधित्व गर्दछ।‘’

जेपीसी राठौरले यो एक स्वच्छ, स्वस्थ, सुरक्षित र डिजिटल महाकुम्भ हुने पनि बताए, जसमा महाकुम्भ मेला २०२५ लाई स्वच्छ र हरियाली बनाउन विशेष जोड दिइनेछ। प्रयागराजमा लगभग तीन लाख बिरुवा लगाइएको छ तथा उत्तर प्रदेश सरकारले मेलाको समाप्तिपछि पनि उनीहरूको हेरचाह र रखरखाउ सुनिश्चित गर्ने सङ्कल्प गरेको छ। उनले अघि भने, “उत्तर प्रदेश सरकार दिव्य, भव्य र डिजिटल महाकुम्भ आयोजना गर्नका लागि प्रतिबद्ध छ। तयारीहरूमा एक समर्पित वेबसाइट र एपको शुभारम्भ, ११ भाषाहरूमा एक एआई-सञ्चालित च्याटबोट, मानिस र सवारीसाधनहरूको लागि क्युआर-आधारित पास, एक बहुभाषी डिजिटल गुमसुम केन्द्र, सफाइ र टेन्टको लागि आईसीटी निगरानी, भूमि र सुविधा विनियोजनका लागि सफ्टवेयर, ड्रोन आधारित निगरानी र आपदा प्रबन्धन, ५३० परियोजनाहरूको निगरानीको लागी प्रत्यक्ष सफ्टवेयर, एक सूची ट्र्याकिङ प्रणाली र गूगल म्याप्समा सबै स्थानहरूको एकीकरण सामेल छन्।

जेपीसी राठौरले मेलामा आउने मानिसहरूको संख्यालाई ध्यामा राख्नका लागि आधुनिक प्रविधिहरूको प्रयोगमा जोड दिए, जसमा विशेषता आधारित खोज, रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) रिस्टब्याण्ड र मोबाइल एप ट्र्याकिङ सामेल छन्। पत्रकारलाई सम्बोधन गर्दै क्याबिनेट मन्त्री ओम प्रकाश राजभरले भने, “माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेरणा र निर्देशनमा अनि मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा प्रयागराजमा १३ जनवरीदेखि २५ फरवरी २०२५ सम्म गङ्गा, यमुना र सरस्वती नदीहरूको सङ्गमको पवित्र किनारमा महाकुम्भ आयोजन गरिनेछ। युनेस्कोद्वारा मानवताको अमूर्त सांस्कृतिक सम्पदाको रूपमा मान्यता प्राप्त महाकुम्भ १२ वर्षको अन्तरालपछि फेरि एक पटक प्रयागको पवित्र भूमिमा आयोजना हुनेछ।” दुवै मन्त्रीहरूले सिक्किमका निवासीहरूलाई उनीहरूको न्यानो आतिथ्यको लागि हृदयदेखि कृतज्ञता व्यक्त गर्दै सिक्किमका मानिसहरूलाई महाकुम्भमा सामेल हुन आमन्त्रित गरे। मन्त्री राजभरले अघि भने, “महाकुम्भ मेलाको तयारी स्वास्थ्य र स्वच्छतालाई ध्यानमा राखेर भइरहेको छ। यसमा तीर्थयात्री, साधु, सन्त र पर्यटकका लागि स्वास्थ्य सेवाको व्यवस्था गर्ने सामेल छन्। ठूलो सङ्ख्यामा विशेषज्ञ चिकित्सकको तैनाथी गरिएको छ।”

मेला मैदानमा स्मार्ट पार्किङ सुविधा, स्वच्छ पिउने पानीको व्यवस्था र एक एकीकृत कन्ट्रोल कमाण्ड सेन्टर पनि रहनेछ। कार्यक्रमको समापन मन्त्री राजभर र जेसीपी राठौरले ‘महाकुम्भ लोगो’ र ‘महाकुम्भ कलश’ खओ अनावरणका साथ भएको थियो। कार्यक्रममा राज्य सरकार र केन्द्र सरकारका विभिन्न संगठनका अधिकारी र कर्मचारी, प्रमुख मिडिया हाउसका पत्रकार र अन्य मानिसहरूको उपस्थिति  रहेको थियो। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement