११औं मिलन मोड़ गोल्ड कपः नवांकुर संघ एकतर्फी जीतको साथ सेमिफाइनलमा

photocollage_20251618433889

सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा नवांकुर संघले एकतर्फी जीतको साथ सेमिफाइनलमा प्रवेश गऱ्यो। स्थानीय खेल मैदानमा सोमवार भएको चौथो क्वार्टर फाइनल म्याचमा नवांकुर संघले नर्थ बेंगल आर्म्ड पुलिसविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट म्याक्सवेलले ३८औं र ६०औं मिनटमा २ गोल गरे। यसबाहेक इवानले ५०औं अनि वांंगदेन तामाङले ६७औं मिनटमा गोल गरे। म्याक्सवेलले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यस प्रतिष्ठित टुर्नामेण्टको ११औं संस्करणमा जम्मा १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १२ जनवरी २०२५-मा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। बुधवार खेलिने पहिलो सेमिफाइनल म्याचमा सिक्किम पुलिस र कनकाई फूटबल क्लब (नेपाल) बीच भिड़न्त हुनेछ। यसरी दोस्रो सेमिफाइनल बिहीवार आजको विजेता नवांकुर संघ र मिलन समिति, कलकत्ताबीच खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement