१८औं सुकना गोल्ड कपः युनाइटेड एफसी दार्जीलिङको रोमाञ्चक जीत

photocollage_202516173442705

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा युनाइटेड फूटबल क्लब दार्जीलिङले रोमाञ्चक जीत हासिल गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत सोमवार सुकना हाई स्कूल मैदानमा खेलिएको म्याचमा युनाइटेड एफसी दार्जीलिङले दलसिंगपाड़ा स्पोर्ट्स एकाडमीविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीम बाट म्याचको एकमात्र गोल प्रणय राई ले २८औं मिनटमा गरे। विजेता टीमका गोलकीपर सन्दीप राउत ले प्लेयर अव् द म्याच को पुरस्कार जिते। मंगलवार खेलिने म्याचमा जर्जियन फूटबल क्लब र दार्जीलिङ पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। १८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement