सिलगढी: सिलगढी नगरनिगमको वार्ड नम्बर ३६ को शान्तिनगरमा भगवती पाल नामकी एक गृहिणीको असाधारण मृत्युले इलाकामा सनसनी मच्चाएको छ। पहिलो दृश्यमा गृहिणीको शव झुण्डिएको अवस्थामा फेला परेकाले आत्महत्या गरेको आशंका गरिएको छl तर महिलाको परिवारले दाइजोका लागि हत्या गरेको आरोप लगाएका छन्। अस्वाभाविक मृत्युको घटनालाई लिएर शान्तिनगरमा हलचल मच्चिएको छl श्रीमानले दाइजोका लागि दुर्व्यहार गरेको भन्दै यसअघि पनि दुईपटक आत्महत्याको प्रयास गरेको बहिनी भगवती पालले बताइन्। उनले भनिन्, ‘उसलाई सधैं पैसा मात्र चाहिन्छ।‘ मृतकका परिवारका तर्फबाट यस विषयमा पुलिस चौकीमा उजुरी दिने तयारी भइरहेको छ भने सो उजुरीका आधारमा नन्द भाउजु पलाश पालले दोषी आफूहरु नै भए सजाय भोग्ने बताइन्। असली दोषी छ भने अदालतले सजाय दिने उनको भनाइ छ।









