इरफान पठानले कठोर भाषामा गरे कोहलीको आलोचना

IMG-20250106-WA0180

सिडनी: भारतीय टीममा सुपरस्टार संस्कृति समाप्त गर्ने माग गर्दै पूर्व पेस बलर इरफान पठानले टीममा विराट कोहलीको स्थानमाथि प्रश्न उठाएका छन्। उनले भारतका स्टार ब्याटरले आफ्नो तक्निकी कमजोरीहरूमा सुधार गर्न न घरेलु क्रिकेट खेलेको अनि न मेहनत नै गरेको आरोप लगाएका छन्। अष्ट्रेलियाविरुद्ध आइतवार सम्पन्न टेस्ट सीरीजको अवधि कोहलीको साथमा नियमित कप्तान रोहित शर्मालाई खराब फर्मसँग जुझिरहेको देखियो। यसैकारण भारत ५ वटा टेस्ट म्याचको सीरीजमा ३-१-ले पराजित भएर वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनल खेल्ने दौड़बाट पनि बाहिर भयो। अष्ट्रेलियाविरुद्ध सीरीजको ९ वटा ईनिंग्समा कोहलीले केवल १९० रन बनाउन सके। उनी पूरा सीरीजमा अफ् स्टम्प बाहिर गइरहेको बलमा आउट भए। पठानले भने, सुपरस्टार कल्चर समाप्त हुनु पर्छ। टीम कल्चरको आवश्यकता छ। तपाईंले आफ्नो प्रदर्शनमा सुधार ल्याउनु पर्नेछ। यस सीरीज अघि पनि म्याचहरू थियो। उनीहरूसँग घरेलु क्रिकेट खेल्ने मौका थियो तर उनीहरूले त्यस्तो गरेनन्।
पूर्व अलराउण्डर पठानले बताएअनुसार, सचिन तेन्दुलकरले पनि रणजी ट्रफीको म्याच खेलेका थिए जबकि उनलाई त्यस्तो गर्न आवश्यकता थिएन तर उनी महत्त्वपूर्ण सीरीज अघि ४-५ दिन पीचमा बिताउन चाहन्थे। पठानले भने, विराट कोहलीले अन्तिमपल्ट कहिले घरेलु क्रिकेट खेलेका थिए? शायद एक दशकभन्दा अघि। पठानले कोहलीलाई उनको स्थान अन्य कुनै युवा खेलाड़ीलाई दिने आग्रह गरेका छन् कारण गत ५ सालमा पहिलो ईनिंग्समा उनको औसत ३० भन्दा कम्तीको रहेको छ। उनले भने, २०२४-मा पहिलो ईनिंग्समा कोहलीको औसत १५-को रह्यो। गत ५ सालमा ३०-को रह्यो। के यस्ता सीनियर खेलाड़ी टीममा हुनु पर्छ? उनको स्थानमा कुनै युवा खेलाड़ीलाई मौका दिनु पर्नेछ जसले २५-३०-को औसत सजिलै दिनेछन्। यो टीमसँग सम्बन्धित कुरा होस्, कुनै एकजना व्यक्तिसँग सम्बन्धित होइन। पठानले भने, कोहलीले भारतको निम्ति धेरै कुरा गरेका छन्। धेरै असल प्रदर्शन गरेका छन् तर अहिले बारम्बार एउटै गल्तीले गर्दा आउट भइरहेका छन्। उनले यस तक्निकी गल्तीलाई सुधार्ने प्रयास नै गरिरहेका छैनन्। सनी सर (गावस्कर) यहाँ छन्। उनी या अन्य कुनै दिग्गजबाट सल्लाह लिँदा कुनै नोस्कान हुनेछैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement