रेलिंग च्याम्पियन्स ट्रफीः आयुष सेवेन रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा

IMG-20250106-WA0168

दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा आयुष सेवेनले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। आइतवार भएको म्याचमा आयुष सेवेनले भा तकभर फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले रोमाञ्चक जीत हासिल गऱ्यो। नियमित समय अनि अतिरिक्त समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका गोलकीपर प्रज्ज्वल शर्माले प्लेयर अव् द म्याचको ट्रफी जिते। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ।यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement