निर्माणाधीन बिल्डिङबाट लाखौंको सर सामान चोरी

IMG-20240717-WA0003

गान्तोक: राजधानीको एमजी मार्गमा निर्माणाधीन एउटा बिल्डिङमा चोरी भएको छ। अज्ञात आरोपी (हरू) ले उक्त ​बिल्डिङबाट लाखौं रूपियॉंको सर सामान चोरी गरेको छ।
पुलिस रिपोर्ट अनुसार, पीडित पक्षले शनिवार राजधानीको एमजी मार्गस्थित आफ्नो निर्माणाधीन बिल्डिङमा चोरी भएको लिखित शिकायत गरेका छन्।
उक्त बिल्डिङमा विगत एक महिनादेखि काम भएको थिएन। यस अवधि केही अज्ञात बदमाशहरू निर्माण स्थलभित्र प्रवेश गरेर इलेक्ट्रिक वायर, ट्याप, शौचालय सामग्री, लिफ्ट सामग्री आदि चोरी गरेका छन्। पीडित पक्षले ८ देखि ९ लाख रूपियॉंसम्मका सर सामानहरू चोरी भएको बताएको छ।
सदर पुलिसले अज्ञात आरोपी (हरू) विरुद्ध बीएनएसको धारा ३०३(२)/११२(२)/३२९(३) अन्तर्गत मुद्दा दर्ता गरेर जॉंच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement