राज्यपालले दिए सिक्किमको क्रिकेट टीमलाई बधाई

photocollage_20241011162117124

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले विजय हजारे ट्रफी अन्तर्गत आज मुम्बईमा खेलिएको म्याचमा राजस्थान विरुद्ध ऐतिहासिक जित दर्ता गरेकोमा सिक्किमको वरिष्ठ पुरुष क्रिकेट टीमलाई हार्दिक बधाई दिएका छन्।
यस म्याचमा सिक्किमको टीमले आफ्नो उत्कृष्ट प्रदर्शन गरेर राजस्थानलाई पराजित गरेको छ, जुन सिक्किमको इतिहासको पानामा दर्ता भएको छ। राजस्थानको टीममा राहुल चाहर, दीपक हुड्डा र खलील अहमद जस्ता भारतीय टीमका खेलाडीहरू पनि सामेल रहेकाले यस जितलाई महत्वपूर्ण मानिएको छ।

राज्यपालले सिक्किमको क्रिकेट टीमको यस जितलाई टीमवर्क, कडा परिश्रम र खेलाडीहरूको समर्पणको उत्कृष्ट उदाहरण बताएका छन्। राज्यपालले भने, ‘यस ऐतिहासिक जितको निम्ति सिक्किम टीम, कोच र सिक्किम क्रिकेट संघसहित सबै समर्थकहरूलाई हार्दिक बधाई एवं शुभकामना। मलाई विश्वास छ टीम सिक्किमले भविष्यमा पनि यसरी नै उत्कृष्ट प्रदर्शन गर्दै राज्यको नाम रोशन गरिरहने छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement