माघे मेलाको तयारीलाई लिएर समीक्षा बैठक

IMG-20250105-WA0236

गान्तोक: प्रत्येक वर्ष जनवरी महिनामा दक्षिण सिक्किमको जोरथाङमा आयोजना हुने माघे मेला यस वर्ष अझ भव्यरुपमा आयोजना गरिने भएको छ। यसको निम्ति राज्य सरकारदेखि लिएर मेला आयोजक समिति साथै सबै हितघारकहरू युद्धस्तरमा लागि परेका छन्। यसै क्रममा जोरथाङ माघे मेला 2025को तयारी सम्बन्धी एउटा समीक्षा बैठक आज राजधानीको सम्मान भवनमा बस्यो।
आजको समीक्षा बैठकलाई स्वंय मुख्यमन्त्री प्रेमसिंह तामाङले अध्यक्षता गरेका थिए जसमा जूम सालघारीका विधायक मदन सेञ्चुरी, मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ, मेला आयोजक समितिका सदस्यहरू, विभिन्न हितधारक अनि राज्य सरकारका सम्बन्धित विभागहरूका अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। बैठकमा विधायक सेञ्चुरी अनि अन्य सम्बन्धित व्यक्तिहरूले अहिलेसम्मको तयारी बारे मुख्यमन्त्रीलाई जानकारी गराए। यसको साथै मेलालाई कसरी विशाल अनि भव्यरुपमा पालन गर्ने भन्ने बारेमा पनि बैठकमा चर्चा गरियो।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सहकार्य र साझा जिम्मेवारीवहनमाथि जोर दिए। सामूहिक प्रयासले मात्र जीवन्त र अविस्मरणीय उत्सव आयोजना गर्न सकिने उनले बताए। जोरथाङ मेला केवल उत्सव नभएर सिक्किमको सांस्कृतिक सम्पदाको अभिव्यक्ति पनि रहेको मुख्यमन्त्रीले बताए।

यसपल्टको माघे मेलामा स्थनीयसाथै आगन्तुकहरूमा पनि अमेट छाप छोड़्ने लक्ष्य रहेको मुख्यमन्त्री तामाङले बताए। यसको निम्ति सबै हितधारकहरूले आ-आफ्नो जिम्मेवारी जिम्मेवारी र उत्साहपूर्वक निर्वाह गर्नुपर्ने उनले बताए।
यसै अवसरमा मुख्यमन्त्रीको बाहुलीबाट माघे मेलाको लोगो साथै अन्य प्रचार सामाग्रीको लोकार्पण पनि गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement