गान्तोक: सोरेङ समष्टिको जौटार स्टेडियममा आजदेखि शीतकालीन फुटबल प्रशिक्षण शिविर शुरू भएको छ। क्षेत्र विधायक आदित्य गोलेले यो शीतकालीन फुटबल प्रशिक्षण शिविरको औपचारिक रूपमा उद्वघाटन गरे। आजदेखि शुरू भएको यो शिविर आगामी एक महिना सम्म सञ्चालन हुने आयोजक समितिले जानकारी गराएको छ। सोरेङ जिल्ला फुटबल संघ र सिक्किम सरकारको खेल तथा युवा मामिला विभागको संयुक्त पहलमा आयोजना गरिएको यो शिविरको उद्वघाट कार्यक्रममा सोरेङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जु प्रधान, उपाध्याक्ष विकास गोले लगायत संघका अन्य सदस्य उपस्थित थिए। आजदेखि शुरू भएको यो शीतकालीन फुटबल प्रशिक्षण शिविर आगामी ५ फरवरीमा समापन हुनेछ। यस प्रशिक्षण शिविरमा ६ बर्षदेखि १७ बर्ष सम्म उमेर समुहका किशोर –किशोरूहरूले सहभागाति जनाएका छन्। प्रशिक्षण अन्तर्गत सुरेन छेत्री, निम छिरिङ लेप्चा, सञ्जु प्रधान, पिन्छो उर्गेन शेर्पा, विकास जैरू र सागर राई जस्ता प्रख्यात फुटबलहरूले खेलाडीहरूलाई प्रशिक्षण दिनेछन्।










