गेजिङमा क्याप महिला परिषदको बैठक

IMG-20250105-WA0230

गान्तोक: सिटिजन एक्सन पार्टीको महिला परिषद्को बैठक आज पश्चिम सिक्किमको गेजिङस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न भयो। पार्टी उपाध्यक्ष तथा महिला मामिला प्रभारी सुमती छेत्रीको अध्यक्षतामा बसेको सो बैठकले महत्वपूर्ण विषयमाथि छलफल गरेको छ। बैठकमा गेजिङ जिल्ला उपाध्यक्ष दिलमती लिम्बू, जिल्ला उपाध्यक्ष अन्जु शर्मा, कार्यकारी सदस्य कुमारी छेत्री र युवा कार्यकारिणी सदस्य बन्दना छेत्री उपस्थित थिए। बैठक मुख्यतया पार्टीको स्थापना दिवस समारोहसँग जोड़िएको थियो। जसमा विस्तृत छलफल गरिएको थियो। राजनीतिक क्षेत्रमा महिलाहरूको सक्रिय सहभागिता कसरी बढाउने सोबारेमा छलफल गरियो। महिलाहरूलाई राजनीतिक जागरूकता प्रदान गर्ने, उनीहरूको क्षमता विकास गर्ने, नेतृत्व गुणहरूको प्रवर्द्धन गर्ने र समाजमा व्याप्त पितृसत्तात्मक मानसिकतालाई हटाउन प्रभावकारी कार्यक्रमहरू कार्यान्वयन गर्नेबारेमा छलफल गरियो। यसबाहेक, तल्लो तहमा महिला नेतृत्वलाई प्रोत्साहन गर्ने र उनीहरूको राजनीतिक पहल र प्रभाव विस्तार गर्न आवश्यक रणनीतिहरू बनाउने कुरामा जोड दिइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement