विजय हजारे कपमा सिक्किमको नाटकीय जीत

IMG-20250105-WA0229

गान्तोक: सिक्किमको सिनियर क्रिकेट पुरुष टोलीले आज विजय हजारे ट्रफीमा नाटकीय जीत हासिल गरेको छ। यस जीतले क्रिकेटका दिग्गज राजस्थानलाई स्तब्ध पारेको छ। दीपक हुड्डा, राहुल चाहर र खलील अहमद जस्ता भारतीय अन्तर्राष्ट्रिय खेलाडीहरू समावेश भएको राजस्थानले समूह चरणका सात खेलहरूमा आफ्नो छैटौं जित दर्ता गर्ने सम्भावना बलियो देखिएको थियो। जितको लागि २७६ रनको लक्ष्य पछ्याउँदै राजस्थानलाई अन्तिम ओभरमा तीन विकेट बाँकी रहँदा केवल ८ रन चाहिएको थियो। खेलको यस मोडमा, सिक्किमले खेल ६ रनले जित्यो। अंकुर मलिकले अन्तिम ओभरमा केवल एक रन दिएर तीन विकेट लिएर सिक्किमको लागि असम्भव जित सुनिश्चित गरेर इतिहास रचेको छ।

About Author

Advertisement