पंखाबारी उच्चतर माध्यमिक विद्यालयमा बाल विवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

0-0-7

टीआरआई समाचार

खरसाङ: बाल्यकाललाई तुहाउने साथै घरपरिवार र समाजकै लागि घातक बनेको बाल विवाहलाई रोक्ने आहवान गर्दै युनिसेफको सहयोगमा गैर सरकारी संस्था अमानत फाउन्डेसनले दार्जीलिङ पहाडी भेकमा जनचेतना अभियान शुरु गरेको छl १ सेप्टेम्बरको दिन सिलगढीबाट दार्जीलिङ वरिपरिका क्षेत्रमा अनि मिरिक हुँदै २ सेप्टेम्बरको दिन खरसाङ महकुमाअन्तर्गत पंखाबारीमा जनचेतना कार्यक्रम सम्पन्न भयोl पंखाबारीमा पंखाबारी उच्चतर माध्यमिक विद्यालयमा छात्राहरुलाई लिएर जनचेतना कार्यक्रम सम्पन्न भयोl यस कार्यक्रममा दार्जीलिङ चाइल्डलाइन खरसाङ उप केन्द्र साथमा रहेको थियोl

‘समयअघि विवाह, समयअघि गर्भाधान’ जनचेतनाको मुख्य विषय रहेको थियोl यस कार्यक्रममा पंखाबारी उच्चतर माध्यमिक विद्यालयले विशेष सहयोग पुर्याएको थियोl कार्यक्रममा अमानत फाउन्डेसनका जिल्ला कोअर्डिनेटर सञ्जय छेत्रीले ‘समयअघि विवाह, समयअघि गर्भाधान’ बारे गरिएको जनचेतना अभियान बारे जानकारी दिएl दार्जीलिङ चाइल्डलाइन खरसाङ उप केन्द्रकी प्रभारी ईशा लेप्चाले बालिका विद्यार्थीहरुलाई बाल विवाह बारे सतर्क गराउँदै वक्तव्य प्रस्तुत गरिन्l बाल विवाहका कारणले बालिकाहरुको स्वास्थ्यमा, परिवारमा नकारात्मक असर पर्ने बताउँदै यो कानुनी अपराध रहेको बताइन्l ‘बाल विवाहले बाल्यकालको अधिकार खोस्छ’, उनले भनिन्l सबै विद्यार्थीहरुलाई ईशा लेप्चाले बाल विवाह रोक्ने संकल्प गराइन्l

पंखाबारी उच्चतर माध्यमिक विद्यालयका शिक्षक प्रभारी देवेन गजमेर, अमानत फाउन्डेसनका जिल्ला कोअर्डिनेटर सञ्जय छेत्री, पंखाबारी उच्चतर माध्यमिक विद्यालयकी प्रधानाध्यापिका एवं जीटीए सभासद कल्पना प्रधान, दार्जीलिङ चाइल्डलाइन खरसाङ उप केन्द्रकी प्रभारी ईशा लेप्चा र टीएम मेम्बर किशोर छेत्रीl

पंखाबारी उच्चतर माध्यमिक विद्यालयकी प्रधानाध्यापिका एवं जीटीएक सभासद काल्पना प्रधानले विद्यार्थीहरुलाई पढाईमा ध्यान दिएर भविष्यमा राम्रो नागरिक बन्ने सुझाव दिइन्l विद्यार्थीहरुलाई कुनै पनि समस्या परे तुरुन्तै भनिहाल्ने र आफूले सहयोग गर्ने उनले बताइन्l­ चाइल्डलाइनकी टीएम मेम्बर देवीमाया तामाङले समस्याका परेका नानीहरुलाई चाइल्डलाइनले सहयोग गर्ने बताउँदै चाइल्डलाइनको नि:शुल्क राष्ट्रिय टेलीफोन परिसेवा १०९८ बारे जानकारी दिइन्l यस नम्बरमा फोन गरेर सहयोग लिन सकिने उनले बताइन्l चाइल्डलाइनका टीएम मेम्बर किशोर छेत्रीले पनि बाल विवाहलाई निर्मूल पार्ने आहवान गर्दै यसबाट हुने क्षतिहरु बारे सबैलाई सचेत गराएl यस कार्यक्रममा विद्यालयका शिक्षक प्रभारी देवेन गजमेर, शिक्षिकाहरु र चाइल्डलाइनकी टीएम मेम्बर दीपशिखा छेत्री उपस्थित थिएl चाइल्डलाइनका टीएम मेम्बर सौरभ बसेलले यस्तो ट्याब्लोद्वारा यस क्षेत्रमा जनचेतनामूलक कार्यक्रम आयोजनाको लागि अमानत फाउन्डेसन साथै समग्र पंखाबारी उच्चतर माध्यमिक विद्यालयका शिक्षक-शिक्षिकाहरु र विद्यार्थीहरुलाई आभार प्रकट गर्दै धन्यवाद जनाएl उल्लेखनीय छ विवाहको लागि केटी उमेर १८ देखि बढाएर अब २१ वर्ष बनाउनका लागि सरकारले निर्णय लिइसकेको छ र अब संसोधनको तयारी छl                         

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *