गान्तोक: सिक्किमका युवा उद्यमी राज लामा मेरिल्याण्ड स्टेट युनिभर्सिटी, अमेरिकाद्वारा मानार्थ विद्यावारिधी प्राप्त गर्ने पहिलो सिक्किमे बनेका छन्। उद्यमी लामा सीड सेलका मुख्य समन्वयकका रुपमा सेवारत छन्। यस उपलव्धिमाथि लामाले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गरेका छन्। मेरिल्याण्ड स्टेट युनिभर्सिटी, मेरिल्याण्ड, अमेरिकाले राजु लामालाई देशको उद्यमशीलता विकासमा पुऱ्याएएको योगदानको कदरस्वरुप व्यवसाय विकासमा मानार्थ विद्यावारिधि प्रदान गरेको हो। गान्तोकको स्वस्तिक, (बुर्तुक निवासी एमके तामाङ र लक्ष्मी तामाङका पुत्र राजु तामाङले इण्डिया ह्याबिटेट सेन्टर, नयाँ दिल्लीमा उक्त सम्मान प्राप्त गरेका छन्। सिक्किम उध्यमिता विकास प्रकोष्ठ सीड सेल मार्फत मञ्च उपलब्ध गराएकोमा उनले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गरेका छन्। उल्लेख्य छ- सीड सेलले राज्यमा उद्यमशीलताको विकासमा योगदान पुर्याेउँदै आईरहेको छ। सीड सेलका मुख्य समन्वयकको रूपमा कार्यरत राज लामाले आफूलाई सधैं उत्कृष्ट हुन उत्प्रेरित गरेकोमा आफ्ना परिवारका सदस्यहरू एवं मित्रहरूप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्।










