१८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्ट शुरु

IMG-20250105-WA0225

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजनमा प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करण आइतवारदेखि शुरु भयो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा आजदेखि शुरु यस टुर्नामेण्टको उद्घाटन म्याचमा मिलन समिति, कलकत्ताले जीत हासिल गऱ्यो। सुकना हाई स्कूल खेल मैदानमा भएको म्याचमा मिलन समिति, कलकत्ताले रेड हर्स फूटबल क्लब (इलाम, नेपाल)-विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। म्याच २५-२५ मिनटको दुई हाफमा खेलियो। विजेता टीमबाट एकमात्र गोल गुल्फाम ले २८औं मिनटमा गरे। विजेता टीमका गुलफाम ले प्लेयर अव् द म्याच को पुरस्कार जिते। आइतवार माहबर्ट हाई स्कूलका प्रमुख चार्ल्स माहबर्टको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा जीटीए-का प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए। सोमवार खेलिने म्याचमा युनाइटेड एफसी दार्जीलिङ र दलसिंगपाड़ा स्पोर्ट्स एकाडेमी (डीएसए)-बीच भिड़न्त हुनेछ।टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ।

१८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement