काजिरंगामा स्थायी जलीय एवं आगन्तुक पंक्षीहरूको गणना हुने

Screenshot_20250105_210937_Google

गोलाघाट(असम) :राष्ट्रिय उद्यान काजिरंगामा स्थायी जलीय र आगन्तुक पंक्षीहरूको गणना आगामी ११-देखि शुरू भएर १३ जनवरीसम्म गर्ने तयारी भई रहेको छ। यो विशेष पंक्षी जनगणना कार्यक्रम पूर्वी असम वन्यजीव वन प्रभाग, नगाउँ वन्यजीव प्रभागसँगसँगै काजिरंगा राष्ट्रिय उद्यानको बिश्वनाथ वन्यजीव प्रभाग क्षेत्र र बाघ परियोजना क्षेत्रमा छैटौं पटक भइरहेको छ।
सो जानकारी काजिरंगा नेशनल पार्कका डीएफओ अरूण विग्नेसले दिएका हुन्। उद्यान प्रबन्धन अनुसार काजीरंगा राष्ट्रिय उद्यानमा हुने यस गणनामा वन विभागका अधिकारीहरू, स्वयंसेवक संगठनका सदस्यहरू सहित वरपरका स्कूल र कलेजहरूका विद्यार्थीहरूलाई प्रशिक्षित गरी गणना गर्न लगाइने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement