महानन्दा अभयारण्य वरिपरि ‘इको सेन्सिटिभ जोन’ निर्माण प्रयास तीव्र

IMG-20250105-WA0190

सिलगढी: महानन्दा अभयारण्य वरिपरि ‘इको सेन्सिटिभ जोन’ निर्माणको प्रयास तीव्र भएको छ। केन्द्र सरकारले तयार पारेको ड्राफ्ट रिपोर्टलाई आधार मानेर दार्जीलिङ जिल्ला प्रशासनले सिलगढी नगरपालिकामा यसबारे बैठक आयोजना गरेको छ। प्रशासनिक स्रोतका अनुसार, ड्राफ्ट रिपोर्टको आधारमा महानन्दा अभयारण्य वरिपरि कम्तिमा एक किलोमिटर क्षेत्रलाई ‘इको सेन्सिटिभ जोन’को रूपमा प्रस्तावित गरिएको छ।

बैठकमा प्रशासनका विभिन्न विभागका अधिकारीहरू, पर्यावरणविद्, पर्यटन क्षेत्रका प्रतिनिधि तथा चिया उद्योगसँग सम्बन्धित संगठनहरूको सहभागिता रहेको थियो। महानन्दा अभयारण्यलाई सिलगढी शहरको महत्त्वपूर्ण अंग मानिन्छ। रिपोर्टअनुसार अभयारण्य वरिपरि र वन क्षेत्रमा केही निर्माण कार्यहरू भइसकेका छन्।

अभयारण्यका विभिन्न क्षेत्रहरू कङ्क्रिटले भरिँदै गएका छन्। पर्यावरण न्यायालयले अभयारण्य वरिपरिका पाँच किलोमिटर क्षेत्रलाई ‘इको सेन्सिटिभ जोन’को रूपमा घोषणा गर्न आदेश दिएको थियो। तर यदि यो दुरी मानिने हो भने सिलगढी शहरको केही हिस्सा पनि सो क्षेत्रमा पर्नेछ। यसले विकास कार्य अवरुद्ध हुने चिन्ता व्यक्त गरिएको छ। चिया उद्योग र चिया पर्यटनलाई पनि यसले असर गर्नसक्ने डर व्यक्त गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement