सिलगढी: कारगिल युद्धमा शहीद भएका सैनिक अरुण कुमार राईकी श्रीमतीलाई जागिर दिने नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।
प्राप्त जानकारीका अनुसार आरोपी दार्जिलिंङ जोरबाङलो निवासी ४५ बर्षीया बिजयता मुखियाका बिरुद्ध २०२३ फरबरी २५ मा अनिल लामा नामका व्यक्तिले प्रधाननगर पुलिस चौकीमा जागिर दिने नाममा ठगी गरेको आरोपमा लिखित उजुरी दिएका थिए। विजयता मुखियाले इजरायलमा जागिर दिने नाममा आफूसँग १२ लाख ७० हजार रुपैयाँ लिएको तर काम नपाएको उजुरीमा अनिल लामाले आरोप लगाएका थिए। त्यसपछि उनले आफ्नो १२ लाख ७० हजार रुपैयाँ फिर्ता मागेपछि उनी पैसा नदिई फरार भइन्। उजुरीका आधारमा घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बिजयता मुखिया कारगिल युद्धमा शहीद भएका सैनिक अरुणकुमार राईकी पत्नी हुन।
विजया माटिगरा पुलिस चौकी अन्तर्गतको एक रोजगार परामर्श संस्थामा काम गर्थिन्। तर ठगीको उजुरी परेपछि उनी फरार थिइन्। प्रहरीले विगत २ वर्षदेखि लगातार उनको खोजी गरिरहेको थियो तर कुनै सुराग फेला पार्न सकेको थिएन। अन्तत: दुई वर्षको लामो खोजीको प्रयास पछि हिजो प्रधाननगर प्रहरी चौकीले जागिर दिने नाममा ठगी मुद्दाको अनुसन्धान गर्न सफल भएको छ।
गोप्य श्रोतको सहयोगमा प्रधान नगर पुलिस थानाको विशेष टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा बिजयता मुखियालाई दार्जिलिङबाट पक्राउ गरी हिजो राति सिलगढी ल्याएको थियो। त्यसपछि आरोपी महिलालाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले उक्त घटनाको विषयमा अनुसन्धान गरिरहेको छ।










