कालेबुङको ११ माइलमा आगलागीको परिवारलाई जीटीएको तर्फबाट एक परिवारलाई दुई लाख चौवालिस हजार प्रदान गर्ने अनित थापाको घोषणा

IMG-20250105-WA0216

कालेबुङ: आज जीटीए प्रमुख कार्यपाल अनित थापाले कालेबुङको ११ माइलमा गत महिना ठूलो आगो लागेर ७ परिवारको सम्पूर्ण सम्पत्ति ध्वस्त भएको विषयमा दुःख प्रकट गर्दै उक्त घटना भएको समय आफु परिवारसँग राजस्थानमा रहेको बताए। उनले घटनाको खबर सोसियल मिडिया मार्फत् थाहा पाउने बित्तिकै विधायक रूदेन सादा अनि रवि प्रधानसँग बात गरेका थिए अनि उनीहरूले आफुलाई घटना विषय जानकारी दिएको जनाए। अनित थापाले थप भने- नहुने घटना घट्यो। घटनामाथि अफसोस गरेर मात्र हुँदैन। तपाईहरूको जीवन सुरक्षित रहयो। जीवन छ भने धेरै काम गर्नु सकिन्छ। भन्नु सजिलो छ तर मर्का खप्ने तपाईहरु हुनुहुन्छ। व्यवस्थित घरमा बसिरहनु भएको तपाईहरु अहिले यस्तो ठाउँमा बस्नु हुँदैछ। समाज, संघ संस्था, मानिसहरूले सहयोग पुर्याइरहेका छन्। हाम्रो समाज नै सहयोगी समाज हो। तपाईहरु पनि यही समाजको हुनुहुन्छ। तपाईहरुको पुर्खा पनि यही कै हुन्।

प्रमुख कार्यपाल अनित थापाले थप भने- म नगरपालिका अध्यक्ष रवि प्रधानलाई निवेदन गर्छु कि उनीहरूको कागज पत्रको काम यही ठाउँमा नै गरिदियो भने उनीहरुलाई सुविधा हुने थियो। उनीहरू जलेको घरमा जाने स्थितिमा छैनन्। उनीहरुलाई जीवन कसरी सुरु गर्नु पर्ने भन्ने चिन्ता छ। जमीनको कागजपत्रदेखि लिएर भोटर कार्ड, आधार कार्ड जस्ता महत्वपूर्ण कागजात चाँडो बनाउनु सकिए नगरपालिका अनि जिल्ला प्रशासनबाट सहयोग पनि आउनेछ।”

उनले जीटीएको तर्फबाट एक परिवारलाई दुई लाख चौवालिस हजार सहयोग राशि प्रदान गर्ने घोषणा गरेका छन्। उनले भने, एक लाख बाइस हजार आज प्रदान गर्नेछौं अनि रहल रकम चाँडै दिनेछौं। जम्मा सात परिवारको चाहिएको कागज पत्र हामीलाई प्राप्त भएको छ। त्यस मध्ये दुई जनाको कागजपत्र पूर्ण नभएको कारण दुई दिन भित्रमा उहाँहरूको रकम पनि दिनेछौ। यति रकमले पुग्दैन। तर व्यवस्था अनि सरकारले दिने भनेको नै यति नै हो भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement