दार्जीलिङ: विभिन्न स्थानहरुमा झैं दार्जिलिङमा पनि गोर्खे हाट शुरु भएको छ। दार्जिलिङको सरकारी महाविद्यालय परिसरमा रहेको जीटीए पार्किङ्ग प्लाजा परिसरमा आजदेखि आईतबारे गोर्खे हाट शुरू भएको छ। आइताबारे गोर्खे हाट सञ्चालन समितिको आयोजनामा शुरू उक्त गोर्खे हाटको दार्जिलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीले उदघाटन गरेका थिए।

स्वावलम्बन तथा आत्मनिर्भर बन्न चाहने महिलाहरुलाई समुचित मञ्च प्रदान गर्ने प्रयासमा आईतबारे हाट सिजनको समय पनि रहने बताउँदै उनले नगरपालिकाको क्षेत्रफलभित्र पर्ने ठाउँको सफाई र सुरक्षा पनि नगरपालिकाद्वारा निगरानी गरिने जानकारी गराए।








