खरसाङ: खरसाङको घैयाबारीस्थित नेताजी हाई स्कूलको खेल मैदानमा घैयाबारी स्पोटर्स एसोसिएसनको आयोजनामा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आज सम्पन्न भएको खेलमा दुधे युनाइटेड बिजय भएका छन्। गत १२ दिसम्बरदेखि शुरु भएको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आज दोस्रो चरणको खेलमा महानदी पुल हाउस रिटर्न्स र दुधे युनाइटेडमाझ सम्पन्न भएको छ। यस खेलको पहिलो हाफमा दुधे युनाइटेडको खेलाडी जर्सी नम्बर ५ भाईचुङ राईले गोल गरेर बढत बनाएका थिए। पहिलो हाफको खेल १-० को अन्तरमा समाप्त भएको थियो। दोस्रो हाफको खेलमा पनि दुधे युनाईटेडको खेलाडी जर्सी नम्बर ५ भाईचुङ राईले नै गोल गरेर गोल अन्तर दोब्बर बनाएका थिए। अन्त्यसम्म पनि महानदीले कुनै गोल गर्न नसकेपछि दुधे युनाइटेड २-० गोलको अन्तरले सजिलै बिजय बनेको छ। यस खेलमा म्यान अफम द म्याच दुधे युनाइटेडको खेलाडी जर्सी नम्बर ५ भाईचुङ राई चयन भएका छन्। अब अर्को खेल आगामी ८ जनवरीमा सिविटार युनाइटेड र लिंकन क्लब सिपाहीधुरामाझ सम्पन्न हुने भएको जानकारी घैयाबारी स्पोटर्स एसोसिएसनको सदस्य केवल राईले जानकारी गराएका छन्। उनले वह बताए अनुसार घैयाबारीमा चलिरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी २६ जनवरीमा सम्पन्न हुने भएको छ।










