पोक्सो एनमाथि विद्यार्थीहरूलाई लिएर साक्षरता कार्यक्रम आयोजित

IMG-20220901-WA0165.jpg

गान्तोक: गेजिङ जिल्लाको महात्मा सिरिजङ्गा सरकारी उच्चत्तर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लिएर प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स २०१२ (पोक्सो) माथि एक दिवसीय साक्षरता कार्यक्रम आयोजना गरियो। राज्य महिला आयोग, दिसाद्वारा संयुक्त पहलमा आयोजित यस कार्यक्रममा कक्षा ९ देखि १२औं सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा स्रोतवक्ताकोरूपमा सामाजिक कार्यकर्ता अमृत शर्माले पोक्सो एनबारे विस्तृतरूपमा रिपोर्ट प्रस्तुत गरे। विशेष गरेर वर्तमान परिपेक्ष्यमा सामाजिक सञ्जाल जस्तै फेसबुक, वाट्सअप आदिको दुरूपयोग भइरहेको आफ्नो रिपोर्टमा उल्लेख गरे। सामाजिक सञ्जालको माध्यमद्वारा साइबर अपराध भइरहेको घटनाबारे पनि उनले जानकारी गराए। उनले विभागले यस प्रकारको घटनालाई ध्यानमा राख्दै हेल्प लाइन नम्बर जारी गरेको र यसको प्रयोग गरिनु पर्ने आग्रह गरे। सोही प्रकारले वन स्टप सेन्टरकी स्रोतवक्ता पेमा डिकी भोटियाले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमदावार महिलाको कार्यस्थलमा हुने गरेको घटनाबारे जानकारी गराइन्। यस समस्याको समाधान गर्न आन्तरिक सिकायत समिति वर्ष २०१३ मा नै गठन गरिएको पनि उनले थप बताइन्। उनले महिलाहरूमाथि कार्यस्थल साथै अन्य स्थलहरूमा हुने गरेको घटनाबारे अवगत गराउंदै यदि सो प्रकारको घटना भएको खण्डमा सम्वन्धित निकायमा सिकायत दर्ता गर्नु पर्ने आग्रह गरिन्। यसरी नै आयोगकी सदस्य टेनी डोमा भोटियाले महिलाहरूमाथि हुने गरेक अपराधलाई कम गराउनमा आयोगको भूमिकबारे प्रकाश पारिन्।हालसम्म आयोगले महिलाहरूमाथि भएको घटनाविरूद्ध लडदै आएको र धेरैलाई न्याय दिलाउन सफल बनेको किटान गरिन्। यस प्रकारको गतिविधिलाई लिएर आम मानिसहरूलमा सचेतना कार्यक्रम आयोजना गर्न आवश्यक रहेको उनले महसुस गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *