झापाको कमलमा ब्राउन सुगरसहित चारजना पक्राउ

IMG-20250105-WA0167

बिर्तामोड: झापाको कमल गाउँपालिकामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कमलका तीन र शिवसताक्षीका एकजना छन्।
प्रहरीका अनुसार कमल गाउँपालिका ४ साधुटोलस्थित सीता नेम्बाङको घरकोठाभित्र स्थानीय ज्योतिटोल बस्ने ३९ वर्षीय धनराज लिम्बू, साधुटोल बस्ने २६ वर्षीय रोहित नेम्बाङ र २३ वर्षीय राजेश नेम्बाङलाई शंकास्पद अवस्थामा खानतलासी लिइएको थियो ।५
प्रहरी टोलीले शरीर तथा कोठासमेत खानतलासी गर्दा उनीहरुमध्ये धनराज लिम्बूले लगाएको जम्परको अगाडिपट्टिको गोजीमा प्लाष्टिकसहित १ ग्राम ४३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।सोही बेला धनराज लिम्बूलाई खोज्दै आएका शिवसताक्षी १ बस्ने ३३ वर्षीय सुरेश निरौलालाई सोधपुछ गर्दा उनले लागूऔषध खरिद गर्न आएको बताएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
लागूऔषधसहित चारै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कार्वाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement