गान्तोक: राज्य पुलिसले ड्रग्समुक्त सिक्किम बनाउनको निम्ति अभियानकोरूपमा शुरू गरेको छ। केही दिनदेखि यता सिक्किम पुलिसले राज्यको विभिन्न स्थानबाट ड्रग्सको धन्दामा लिप्त हुनेहरूलाई पक्राउ गर्दै आइरहेको छ। यसै क्रममा आज गेजिङ पुलिसले पेलिङ बजारबाट एक ड्रग्स बिक्री गरेको आरोपमा लाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी पेलिङ निवासी प्रियेस कुमार (२८)को रूपमा पुलिसले चिन्हित गरेको छ। आरोपी पेशाले सब्जी बिक्रेता रहेको तर केही दिनदेखि उनी ड्रग्सको धन्दामा लिप्त रहेको पुलिसलाई विश्वासनीय सुत्रले सूचित गरेको थियो।
यसै अवसरमा पुलिसले आरोपलाई पक्राउ गरेको हो। आरोपीबाट पुलिसले २१३ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल र १० वटा एनटेन ट्याबलेट फेला पारेको पछि सिक्किम एन्टी ड्रग्स एक्ट (साडा) २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।
About Author
Post Views: 290