बर्दीबास: सर्लाहीमा इँटा व्यवसायीको शव उखुबारीमा गाडेको अवस्थामा फेला परेको छ। हरिवन नगरपालिका–१० इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको शव शनिबार उखुबारीमा गाडेको अवस्थामा फेला परेको हो।
परिवारजनका अनुसार उनी पाँचदिनदेखि बेपत्ता थिए। खोजीको क्रममा हरिवन नगरपालिका-१० मा रहेको उखुबारीमा गाडिएको अवस्थामा उनको शव फेला परेको हो।










