मुख्यमन्त्री ममता ब्यानर्जीको जन्मदिन मनाइयो, १०० जनालाई न्यानो लुगा वितरण

IMG-20250105-WA0146-1

जलपाईगढी: आज मुख्यमन्त्री ममता ब्यानर्जीको जन्मदिन हो। टीएमसी प्रमुख आज ७० वर्ष पुगिन्। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा बधाई दिएका छन्। यसैबीच, आज मुख्यमन्त्री ममता ब्यानर्जीको जन्मदिनको अवसरमा राजगञ्ज ब्लक सुखानी क्षेत्रको बाबुपाडा बुथ तृणमूल कांग्रेसको नेतृत्वमा मनाइ। उनको जन्मदिन राजगञ्जका विधायक खगेश्वर रोयको उपस्थितिमा केक काटेर मनाइयो। यस अवसरमा बुथमा १०० जनालाई शीतकालीन कपडाहरू प्रदान गरियो, साथै ‘ममता ब्यानर्जी जिन्दाबाद, अभिषेक ब्यानर्जी जिन्दाबाद , तृणमूल कांग्रेस जिन्दाबाद’ जस्ता नारा लगाइयो। ५ जनवरी १९५५ मा कोलकातामा जन्मिएकी मुख्यमन्त्री ममता ब्यानर्जीको राजनैतिक संघर्ष निक्कै नै कठिन छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement