सिलगढी: भारत–नेपाल सीमामा रहेको गौरसिङजोत हनुमान मन्दिर नजिकै पुलिसले छापा मारेर १९ ग्राम ब्राउन सुगर र ४ लाख ७० हजार ५०० रुपियाँसहित दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै महिला गौरसिंहजोतका बासिन्दा बताइएको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीका आधारमा पुलिसले गौरसिङजोत क्षेत्रको एक घरमा खोजी गर्दा उक्त लागुऔषध र नगद बरामद गरेको समाचार छ। घटनास्थलबाट दुई महिला पक्राउ दुवै महिलालाई आज सिलगढी महकुमा अदालतमा पेश गरिनेछ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।
