राज्यपालले देशका सिमावर्ती क्षेत्रको भ्रमणसँगै स्थानीहरूसँग गरे अन्तक्रिया

IMG-20250104-WA0284

गान्तोक: राज्यपाल ओम प्रकाश माथुरले हिजो राज्यको विभिन्न महत्वपूर्ण साथै संवेदनशील क्षेत्रहरूको भ्रमण गरे। भ्रमणको क्रममा राज्यपालले नथुला नजिक भारत चीम सीमा डोकलामको भ्रमण गरे, जसको उँचाई १५ हजार ६ सय फुट रहेको छ। उक्त क्षेत्रमा वर्ष २०१७ मा भारत र चीनबीच धेरै तनाव उत्पन्न भएको छ। यसका साथै राज्यपालले त्यहाँको वर्तमान अवस्थाको अवलोकन पनि गरे।
डोकलाम भ्रमणको क्रममा राज्यपालले भारतीय जवानका वरिष्ठ अधिकारीहरू सहित सैनिकहरूसँग पनि अन्तक्रिया गर्दै प्रोत्साहित गरे। अन्तक्रियाको क्रममा उनले भारतीय सैनिकहरूको बहादुरी, साहस र समर्पणको प्रशंसा गर्दै सैनिकहरूको समर्पण र निष्ठाले सँधै देशको सुरक्षा र सम्मानलाई कायम राखेको बताए।
यस समयमा राजस्थान सरकारका वन तथा वातावरण मन्त्री संजय शर्मा, १७औं माउन्टेन डिभीजनका जीओसी मेजर जनरल लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। भ्रमणको क्रममा राज्यपालले दिछु गाउँका मानिसहरूसँग पनि अन्तक्रिया गर्दै उनीहरूको वर्तमान अवस्थाबारे जानकारी लिनको साथै भोग्न परिरहेको समस्या र चुनौतीबारे पनि बुझ्ने प्रयास गरे। राज्यपालले उक्त गाउँका मानिसहरूलाई सरकारको तर्फबाट हुने सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन दिए।
यसरी नै राज्यपालले आठ माइलमा अवस्थित क्योङ्गसाला ग्राम पञ्चायत यूनिटमा विरूवा रोप्दै त्यहाँका जिल्ला पञ्चायत सदस्यहरू क्षेत्रिय विकास सहित पर्यवरण संरक्षण सम्वन्धि छलफल गरे। राज्यपालले विरूवारोपणको महत्त्वमा जोर दिँदै वातावरण संरक्षण भविष्यको लागि धेरै महत्त्वपूर्ण रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement