नाम्चीमा ‘क्याप’ को जिल्लास्तरीय समन्वय सभा

IMG-20250104-WA0286

गान्तोक: सिटिजन एक्सन पार्टी, सिक्किमको नाम्ची जिल्लास्तरीय समन्वय सभा नाम्चीस्थित पार्टी कार्यलयमा बस्यो। संगठन महासचिव प्रकाश पराजुलीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा नाम्ची जिल्ला अध्यक्ष डीबी गुरुङले स्वागत मन्तव्यसंगै कार्यक्रमको उद्देश्यबारे स्पष्ट पारेका थिए।
सभामा संगठन महासचिव प्रकाश पराजुली र जिल्ला सचिव रबिन राईले पार्टीका आगामी रणनीतिहरू र योजनाहरूबारे विस्तृत जानकारी गराए। सहभागीहरूको व्यापक छलफल र सहमतिपछि डीबी गुरुङलाई नाम्ची जिल्लाका जिल्लास्तरीय एक्जिक्युटिव सदस्यको रूपमा सर्वसम्मतिले चयन गरेको छ। उपस्थित नेतृत्वहरूमा संगठन महासचिव प्रकाश पराजुली, उपाध्यक्ष किरण जिम्बा, कृषि परिषद्का उपाध्यक्ष हरी राई, महासचिव रबिन राई, जिल्ला महासचिव दिवस राई र विभिन्न काउन्सिलका नेताहरू तथा नेत्रीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन जिल्ला महासचिव दिवस राईले गरेका थिए भने प्रचार सचिव जिग्मी डी. भोटियाले धन्यवाद ज्ञापन गरेका थिए। सभामा आगामी २६ जनवरी २०२५ मा पार्टीको तेस्रो स्थापना दिवसलाई ऐतिहासिक र भव्यताका साथ मनाउने निर्णय गरिएको छ। यस अवसरलाई विशेष बनाउनका लागि विस्तृत योजना र तयारीबारे पनि महत्वपूर्ण छलफल भयो। सिटिजन एक्सन पार्टी सिक्किमले सबै सदस्यहरू, शुभचिन्तकहरू, र समर्थकहरूलाई यो विशेष अवसरमा सहभागी भई पार्टीको अभियानलाई थप सशक्त बनाउन आग्रह गरेको थियो।

About Author

Advertisement