सिक्किम राइजिङ स्टार अन्डर-१७ फुटबल फेस्टा सिजन २.० को समापन

photocollage_202514222153350

गान्तोक: सिक्किम राइजिङ स्टार अन्डर-१७ फुटबल फेस्टाको समापन आज गान्तोकको पाल्जोर स्टेडियममा धुमधामसित सम्पन्न भयो। यस सिजनमा १० बोइज र ६ गर्ल्स टोली सहित जम्मा १६ टोलीले भाग लिएका थिए। जसले सिक्किमका सबै जिल्लालाई प्रतिनिधित्व गरेका थिए। फाइनल खेलमा उत्तर एफसी र सञ्जु एफएले च्याम्पियनशिप उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए। मेजर जनरल एमएस राठौर, १७ माउन्टेन डिभिजन यस समापन कार्यक्रममा प्रमुख अतिथि थिए। समापन समारोह फुटबल खेल भावना र सौहार्दताको उत्सव पनि रहेको थियो। प्रतियोगिताभरि चम्किएका खेलाड़ीहरुको उपलब्धिलाई सम्मान गरिएको थियो। मुख्य अतिथि मेजर जनरल एमएस राठौरले प्रतियोगितामा सामेल प्रतिभाहरुको सराहना गरे। उनले सबै सहभागीहरूको समर्पण र खेल भावनाको प्रशंसा गरे। सिक्किम राज्य रिजर्भ लाइन्स पुलिसको ब्रास र पाइप ब्यान्ड टोलीको आश्चर्यजनक प्रदर्शनले समारोहलाई अझ अविस्मरणीय बनाएको थियो। राज्यको समृद्ध सांस्कृतिक सम्पदालाई उजागर गर्दै र सिक्किमको विविध पारम्परिक कार्यक्रमहरू पनि प्रदर्शन गरिएको थियो। यस कार्यक्रमले सिक्किममा फुटबलको भविष्यको लागि आधार तयार पारेको भन्दै उनले जसमा फुटबल स्टारहरूको अर्को पुस्तालाई प्रेरणा र विकास गर्ने सम्भावना मिलेको उल्लेख गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement