दार्जीलिङ: पदोन्नतिको परीक्षा बस्ने आँगनवाडी हेल्परहरूलाई ३१ दिसम्बरभित्र नियुक्ति नदिए अतिरिक्त आँगनवाडी केन्द्रहरू बन्द गर्ने पश्चिम बंगाल आँगनवाड़ी कर्मी र सहायिका कल्याण समितिद्वारा जारी चेताउनीको फलस्वरूप ३७ जना हेल्परहरू पदोन्नति भइ वर्कर बनेका छन्। हेल्परबाट वर्कर बनेकाहरूले विभिन्न सेन्टरहरूमा कार्यभार सम्हालेर कार्य शुरू गरिसकेको जानकारी आँगनवाडी प्रोजेक्ट दार्जिलिङ खण्ड सभापति आशा हिङमाङले विस्तृत जानकारी दिएकी छन्।









