तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुमा नयाँ राजनैतिक पार्टीको झण्डाहरु लगाउने कार्य सम्पन्न

IMG-20250104-WA0257

खरसाङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको विभिन्न स्थानहरुमा झण्डा लाउने कार्यक्रम जारी छ। केही समय अघि अजय एडवर्डसको नेतृत्वमा पहाडमा नयाँ राजनैतिक पार्टीको रुपमा गठन भएको ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको झण्डाहरु लगाउने कार्य विभिन्न स्थानहरुमा जारी रहेको छ। यसै क्रममा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टका कार्यकर्ताहरुले तीनधारे-महानदी समष्टिकाे विभिन्न स्थानहरुमा पार्टीको झण्डा लाउने कार्यक्रम सम्पन्न गरेको छ।‌ पहाडमा नयाँ राजनीतिक दलको आगमन भए पश्चात हाल पहाडको राजनैतिक परिवेश निकै गर्मिएको छ।

ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको कार्यकर्ताहरुले तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुमा पार्टीको झण्डा लगाउने कार्य सम्पन्न गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement