सैबोलमा सीएपीएफ तैनाथीको विरोधमा सीओटीयूको बन्द जारी

mmggmta8_india_625x300_04_January_25

कांगपोकपी(मणिपुर): कांगपोकपी जिल्लाको सदर हिल्समा कमिटी अन ट्राइबल यूनिटी (सीओटीयू)- ले सैबोल बुंगपी क्षेत्रमा केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ)- लाई तैनाथ गरेको विरोधमा आब्हान गरेको बन्दलाई थप २४ घण्टासम्मको लागि जारी राखिएको जनाए।
सो बन्द अब ५ जनवरीको अपरान्ह २ बजेसम्म रहने छ।
सीओटीयूका अनुसार सीएपीएफको तैनाथी जनजातीय क्षेत्रका अधिकारहरू तथा निष्पक्ष पुलिसहरुको ज्यादतीका विरूद्ध हो। संगठनले पुलिस अधीक्षकमाथि जनताका सिकायतहरूको समाधान नगरेको आरोप लगाउँदै रोष व्यक्त गरेको छ।
उल्लेखनीय छ, ३ जनवरीको साँझ प्रदर्शनकारीहरूसँग भएको झड़पमा पुलिस अधीक्षक लगायत १५ जना घाइते भएका छन्l घाइते मध्ये जनालाई उपचारका निम्ति रेफर गरिएको छ। सीओटीयूले यस आक्रमणको कड़ा निन्दा गर्दै यसलाई समुदायको असन्तुष्टि र आन्दोलनको सशक्तताको प्रतीक बताए।
संगठनले प्रशासनसंग तत्काल कारबाही गर्नुपर्ने माग गरेको छ साथै चेतावनी पनि दिएको छl यदि माग पूरा नभए प्रदर्शन अझ तीव्र हुनेछ। साथै नागरिक संगठन र जनतासँग ऐक्यबद्धता देखाउने अपील गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement