गान्तोक: धोखाधड़ी गरेर एटीएमको माध्यमद्वारा ब्याङ्कको पैसा ठग्ने गिरोहको सिक्किम पुलिसले ठूलो सफलता हात पारेको खुलासा गरेको छ। यस सन्दर्भमा पुलिसले १४ जना आरोपितलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सबै आरोपितहरू उत्तर प्रदेश निवासी हुन्। पक्रा पर्ने आरोपितहरूले सिस्को ब्याङ्कको १ करोड़ ९० लाख रूपियॉं ठगेको पनि खुलासा भएको छ। गान्तोकका पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चाले आज एक संवाददाता सम्मेलनमा बताए अनुसार, गत ३० अगस्तको दिन उत्तर प्रदेश पुलिसले सिक्किममा सिस्को ब्याङ्कका प्रबन्धक उज्जवल शर्मालाई फोन गरेर एटीएमको माध्यमद्वारा पैसा ठग्ने गिरोह सिक्किममा सक्रिय रहेको अवगत गराएका थिए। उत्तर प्रदेशमा पक्रा पर्ने आरोपितहरूले गिरोहका ४० जना सिक्किम प्रवेश गरेको बताए। यसपछि प्रबन्धक शर्माले ब्याङ्कको लेनदेन अनि एटीएमका सीसीटीभी फूटेजहरू जॉंच गर्न थाले। यस अवधि उनले कतिपय एटीएमहरू संदिग्ध गतिविधि थाहा पाए।
यसै क्रममा तादोङको एउटा एटीएममा गिरोहका बदमाशहरूले पैसा निकाल्ने प्रयास गरिरहेको थाहा पाएपछि शर्माले पुलिसलाई सूचना दिए। पुलिस घटनास्थलमा पुगेर त्यहॉंबाट दुई जना आरोपितलाई पक्राउ गरे। पक्रा पर्ने आरोपितहरूको बयानको आधारमा सदर पुलिसले रम्फू र मल्ली चेकपोस्ट पुलिससॅंग समन्वय बनाएर वाहनहरूको जॉंच शुरू गऱ्यो। पुलिस अधीक्षक लेप्चाले अहिलेसम्म १४ जनालाई डिटेन गरिएको र उनीहरूबाट ७० भन्दा धेर एटीएम कार्ड र एक लाख नगद जफत गरिएको बताए।
पुलिस अधीक्षकले अझ बताए अनुसार, आरोपितहरूको देशभरि ठूलो गिरोह सक्रिय छन्। उनीहरू विभिन्न राज्यहरूमा फैलिएर यसरी एटीएम धोखाधड़ी गरिरहेका छन्। एटीएम मशीनबाट पैसा निकाल्ने क्रममा उनीहरूले तकनीकी हस्तक्षेप गर्ने गर्छन् र ब्याङ्कलाई फोन गरेर पैसा काटियो, तर पैसा निक्लिएन भनेर शिकायत गर्छन्। ब्याङ्कले पनि उनीहरूको पैसा फर्काइ दिन्छ र आरोपितहरूले फेरि पैसा निकाल्ने गर्छन्। यसरी उनीहरूले सिस्को ब्याङ्कको एक करोड़ ९० लाख रूपियॉं ठगिसकेको उनले जानकारी गराए। पुलिसले आरोपितहरू विरूद्ध आईपीसीको धारा ३७९,४७०, १२०बी र आईटी एक्टको धारा ६६डी अन्तर्गत मामिला दर्ता गरेको छ।