तृणमूल महिला कांग्रेसले अपराजिता विधेयकलाई कानुन बनाउन माग गर्दै र्‍याली निकाले

IMG-20250104-WA0251

सिलगढी: दार्जिलिङ जिल्ला तृणमूल महिला कांग्रेसले अपराजिता विधेयक कार्यान्वयनको माग गर्दै सिलगढीमा र्‍याली निकालिएको छ। उक्त र्‍याली शनिबार दिउँसो सिलगढीको महात्मा गान्धी मोडबाट निस्किएर हाश्मी चोकमा समापन भएको थियो।
दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष पापिया घोष र अन्य तृणमूल कार्यकर्ता र समर्थकहरू र्‍यालीमा सहभागी थिए। यस सम्बन्धमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस विधानसभा नेता पापिया घोषले भने मुख्यमन्त्री ममता बनर्जीले सेप्टेम्बर ३ मा राज्य विधानसभामा अपराजिता बिल पारित गरिन्। तर, चार महिना बितिसक्दा पनि राष्ट्रपतिको हस्ताक्षर नहुँदा यो विधेयक कानुन बन्न सकि रहेको छैन। उनले महिलाको सुरक्षालाई ध्यानमा राखी तत्काल यो विधेयक पारित नगरे चर्को आन्दोलन गर्ने चेतावनी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement