जीटीएका प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट मिरिकको घैयाबारीस्थित शान्ति टोलमा सार्वजनिक भवन उदघाटन

IMG-20250104-WA0250

मिरिक: मिरिकको सौरेनी समष्टि अन्तर्गत घैयाबारी चियाबारीको शान्ति टोलमा निर्माण गरिएको सार्वजनिक भवनको आज विधिवत रूपमा उद्घाटन जीटीएको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गरिएको छ। बिनय सुब्बाले सञ्चालन गरेको कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापा प्रमुख रूपमा उपस्थित थिए। उनीबाहेक जीटीए सभाका चेयरम्यान अञ्जुल चौहान, कार्यकारिणी सभासदहरू अरूण सिंगची, रतन थापा, सभासदहरू मिलेश राई, धुर्ब बम्जन, मिरिक महकुमाका जनसम्पर्क अधिकारी विवेक गोले, घैयाबारी पञ्चायत दुईकी प्रधान निरा सुब्बा, घैयाबारी पञ्चायत एककी प्रधान अनिता राई, पञ्चायत समिति सदस्यहरू आशा छेत्री, लिली तामाङ, चेतना तामाङ, पञ्चायत सदस्य सिमा राई, रजिता भुजेल, भागोप्रमो युवा शक्ति खरसाङ महकुमा कार्यकारी सचिव अनुप गदाल,भागोप्रमो युवा शक्ति मिरिक टाउन कमिटी अध्यक्ष आशिष तामाङ, क्षेत्रवासी अनि भागोप्रमो समर्थकहरूको उपस्थिति गहेको थियो। कार्यक्रममा स्थानीय कलाकारहरूले गीत अनि नृत्य प्रस्तुत गरेका थिए। यसरी नै शान्ति टोल ग्राम सुधार समितिको पक्षबाट जीटीएका प्रमुख कार्यपाल अनित थापा, कार्यकारिणी सभासद अरूण सिंगची साथै जमीनदाताद्वय विष्णु राई अनि विदान राईलाई सम्मान जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जीटीएका मुख्य कार्यपाल अनित थापाले घैयाबारीवासीलाई बधाई दिएका छन्।

उनले मानिसहरूलाई नभएसम्म सार्वजनिक भवनको माग गर्ने गरे तापनि भवन निर्माण भएपछि भवनको प्रयोग भने राम्रोसँग नगर्ने भएकोले यस क्षेत्रको सार्वजनिक भवनलाई विवाह अनि मरौमा मात्र प्रयोग नगरेर विविध कार्यक्रमहरू गरेर स्याहार सुसार गरेर राखिदिने बताए। सार्वजनिक भवन निर्माण जनसाधरणले सरकारलाई दिएको करको रकमले नै निर्माण भएको बताउँदै गुटबाजी नगरी भवनको संरक्षण गर्ने उनले आह्वान् गरे। उनले कार्यकारिणी सभासद अरूण सिंगचीको प्रशंसा गर्दै मिरिक क्षेत्रमा सबैभन्दा धेर विकास हुने समष्टि सौरेनी रहेको बताए। काम गर्ने मान्छेबाट भूल हुन्छ तर उनले समष्टिवासीको निम्ति जुन कार्यहरू गरिरहेका छन् त्यो प्रशंसा योग्य रहेको बताए।

उनले मिरिक क्षेत्रमा भागोप्रमो पार्टी केही दुर्बल भएको तर अब यसलाई बलियो बनाउने समय आएको भन्दै भागोप्रमो मिरिक महकुमाका अध्यक्ष धुर्व बम्जनलाई अनि सचिव सतीश थापाको नाम घोषणा गरे। यसरी नै सौरेनी समष्टिका अध्यक्ष अरूण सिंगची अनि सचिव विनय सुब्बाको नाम घोषणा गरे। अब उनीहरूलाई चाँडै नियुक्ति पत्र प्रदान गर्ने जीटीए सभाका चेयरम्यान अञ्जुल चौहानलाई आह्वान गरेका छन्। यसका साथै एक महिनापछि महकुमा समिति अनि समष्टि समितिको पूर्ण कमिटी गठन गर्ने उनले निर्देश पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement