दुर्गा पुजालाई सांस्कृतिक विश्व धरोहरको रूपमा मान्यता दिएकोमा राज्यभरिमै शोभायात्रा

23-08-16-io.png

कुचबिहार: युनेस्कोले हिन्दूहरूको महान पर्व दुर्गा पुजालाई सांस्कृतिक विश्व धरोहरको रूपमा मान्यता दिएकोले अभार व्यक्त गर्नको लागि आज राज्यभरिमै शोभायात्राको आयोजना गरियो।

यसै क्रममा प्रशासनको तर्फबाट कुचबिहारको जेनकिन्स स्कुल मोड़बाट रङ्गारङ्ग शोभायात्रा निकालेर सहरको विभिन्न इलाकाको परिक्रमा गरेपछि बड़ो देवी मन्दिर अघि पुगेर समापन गरियो।

उक्त शोभायात्रामा कुचबिहार जिल्लाशासक पवन कादियान, जिल्ला पुलिस अधीक्षक सुमित कुमार, रवीन्द्रनाथ घोष, मेखलीगञ्जका विधायक परेश चन्द्र अधिकारी, सीताई विधानसभा क्षेत्रका विधायक जगदीश चन्द्र वर्मा बसुनिया, उत्तर बंगाल राज्य परिवहन निगमका चेयरम्यान पार्थ प्रतिम राय उपस्थित थिए।

About Author

Advertisement