सिलगढीमा वार्ड महोत्सव “नबो आनन्दे जागो” शुरु

WhatsApp-Image-2025-01-04-at-1.49.25-PM

सिलगढी: सिलगढीको २३ नम्बर वार्डमा वार्ड महोत्सव “नबो आनन्दे जागो” शुरु भएको छ। वार्ड महोत्सव आज बिभिन्न एक रंगारंगए शोभायात्राका साथ शुरु भएको थियो। सो शोभायात्रामा नगरपालिकाका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, अध्यक्ष प्रतुल चक्रवर्ती, वार्ड अध्यक्ष मिलि सिन्हा, पार्षद लक्ष्मी पाल, मेयर काउन्सिल दुलाल दत्त, मदन भट्टाचार्य लगायतको उपस्थिति रहेको थियो।
उक्त शोभायात्रामार्फत धुम्रपान स्वास्थ्यका लागि हानिकारक, वृक्षारोपण, रक्तदान, जीवनदान लगायतका विभिन्न सामाजिक चेतनामूलक सन्देश दिइएको प्लेकार्डहरु प्रदर्शन गरिएको थियो। यस सम्बन्धमा पार्षद लक्ष्मी पालले सबै वार्डवासीको संयुक्त प्रयास र वार्डवासीलाई सम्मान जनाउन यो उत्सव आयोजना गरिएको बताइन्। यो महोत्सव जनबरी ११ गतेसम्म चल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement