गुवाहाटी(असम): अन्तरराष्ट्रिय सीमामा सतर्कता अपनाउदै गए शुक्रवार राती एकजना अवैध बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिइएको छ। जाँचबुझपछि उसलाई पुनः स्वदेश फर्काइयो। उक्त बंगलादेशी नागरिक तुषार इमरान रहेका छन्।
यस घटना माथि प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, “सीमालाई सुरक्षित राख्नु राज्यको प्राथमिकता हो।’ उनले पुलिस र सुरक्षा एजेन्सीहरूको सतर्कताको प्रशंसा गरे।











