११औं मिलन मोड़ गोल्ड कपः मिलन समिति, काेलकत्ता रोमाञ्चक जीतको साथ सेमिफाइनलमा

photocollage_202514175717766

सिलगढ़ी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा मिलन समिति, काेलकत्ताले रोमाञ्चक जीत हासिल गरी सेमिफाइनलमा प्रवेश गऱ्यो। स्थानीय खेल मैदानमा शनिवार भएको म्याचमा मिलन समिति, काेलकत्ताले आमुक्त परिवारविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल गुरफान ले ६३औं मिनटमा दर्ता गरे। गुरफान ले प्लेयर अव् द म्याच को पुरस्कार जिते। यस प्रतिष्ठित टुर्नामेण्टको ११औं संस्करणमा जम्मा १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १२ जनवरी २०२५-मा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आइतवार कुनै म्याच छैन। सोमवार खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा नवांकुर संघ र नर्थ बेंगल आर्म्ड पुलिसबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement