पाँचौं टेस्ट म्याचमा भारतसँग १४५ रनको बढ़त

IMG-20250104-WA0182

सिडनी: सिडनी क्रिकेट ग्राउण्डमा आयोजक अष्ट्रेलिया र भारतबीच जारी पाँचौं तथा अन्तिम टेस्ट रोचक मोड़मा पुगेको छ। भारत आफ्नो पहिलो ईनिंग्समा शुक्रवार १८५ रनमा अलआउट भएपछि आज अष्ट्रेलियाको पहिलो ईनिंग्स १८१ रनमा समाप्त भयो। यसरी भारतलाई पहिलो ईनिंग्सको आधारमा ४ रनको मामूली बढ़त हासिल भयो। त्यसपछि भारतले शनिवार म्याचको दोस्रो दिन खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा ६ विकेट गुमाएर १४१ रन बनायो। यसरी भारतसँग अहिले समग्रमा १४५ रनको बढ़त रहेको छ। दोस्रो दिनको खेल समाप्त हुँदासम्म रविन्द्र जडेजा ८ र वाशिंगटन सुन्दर ६ रन बनाएर खेलिरहेका थिए। सिडनी क्रिकेट ग्राउण्डको पीचको मिजासलाई बिचार्दा अष्ट्रेलियाको निम्ति २०० भन्दा अधिकको लक्ष्य हासिल गर्नु सजिलो हुनेछैन। यसैकारण भारतको लक्ष्य म्याचको तेस्रो दिन आफ्नो स्कोरमा अझ ५०-६० रन थप्ने हुनेछ।
आज भारतको दोस्रो ईनिंग्समा पनि शुरुवात खराब रह्यो। एक समय त ७८ रनमै ४ विकेटको पतन भइसकेको थियो। यशस्वी जयसवाल २२, केएल राहुल १३, शुभमन गिल १३ र विराट कोहली केवल ६ रन बनाएर आउट भए। भारतीय ब्याटरहरूलाई आज पनि स्कट बोलाण्डको बलिंगमा संघर्ष गरिरहेको देखियो। शीर्ष क्रमका चरम असफलताबीच रिषभ पन्तले नीडर भएर आक्रामक ब्याटिंग गर्दै सर्वाधिक ६१ रन बनाएर स्थिति सम्हाले। उनले ३३ बल खेलेर ६ वटा चौका र ४ वटा छक्का लगाए। नीतिश कुमार रेड्डी ४ रन बनाएर आउट भए। अष्ट्रेलियाई बलरहरूमा बोलाण्डले सर्वाधिक ४ विकेट लिए।
यसअघि अष्ट्रेलियाले शुक्रवारको स्कोर १ विकेटमा ९ रनदेखि अघि खेल्दै आज आफ्नो पहिलो ईनिंग्सको स्कोरमा १७२ रन जोड़ेर रहल ९ विकेट गुमायो। कप्तान जसप्रीत बुमराह चोटले गर्दा मैदान छोड़्न वाध्य भएपछि आज अन्य पेस बलरहरू प्रसिद्ध कृष्णा, मोहम्मद सिराज र रेड्डीले असाधारण बलिंग गर्दै लगातार विकेट हासिल गरे। अष्ट्रेलियाको पहिलो ईनिंग्समा अलराउण्डर ब्यू वेबस्टरले सर्वाधिक ५७ रन बनाए। उनले १०५ बल खेलेर ५ वटा चौका लगाए। यसबाहेक स्टीव स्मिथले ३३ र ओपनर सेम कोन्स्टासले २३ रन बनाए। आज पूरा दिनको खेलमा जम्मा १५ विकेटको पतन भयो। भारतीय बलरहरूमा सिराज र कृष्णाले ३-३ विकेट लिए। यसरी बुमराह र रेड्डीले २-२ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement