ओरांग(असम): नयाँ वर्षको आरम्भ संगै ओरांग राष्ट्रिय उद्यान भित्र एक वयस्क गैंड़ा मृत अबस्थामा भेटिएको छ।
ओरांग वन विभागले आज सो घटनाको जानकारी गराएको छ, निसिलामारी वन शिविर नजिक दिनहुँ गर्ने पेट्रोलिंग दलले मृत गैंड़ालाई भेटेको हो।
मृत गैंड़ाको साथबाट सींग पनि बरामद गरिएको छ।
प्रारम्भिक जाँचबाट थाहा भए अनुसार गैंड़ाको मृत्यु स्वभाविक कारणले भएको हुनसक्छ। हाल वन विभागले घटनाको जाँच गरिरहेको छ।











