गान्तोक: सिक्किम सरकारले आफ्नो मन्त्री परिषदमा फेरबदल गरिएको छ। विधायक एलबी दासलाई शहरी विकास विकास र खाद्य एवं नागरिक आपूर्ति विभागको मन्त्री बनाइएको छ। पूर्व सिक्किम विधानसभा अध्यक्ष दासले आफ्नो पदबाट राजीनामा दिएपछि हालैमा मन्त्री परिषदका सदस्यको रूपमा शपत ग्रहण गरेका थिए।
उल्लेख्य, पूर्व शहरी विकास विकास र खाद्य एवं नागरिक आपूर्ति विभाग मन्त्री अरूण उप्रेतीले मन्त्री पदबाट राजीनामा दिएर विधानसभा अध्यक्षको कार्यभार सम्हालिसकेका छन्। यसै गरी, सिक्किम सरकारका पर्यटन एवं नागरिक उड्डयन तथा वाणिज्य एवं उद्योग विभाग मन्त्री बीएस पन्तलाई राज्य सूचना एवं जनसम्पर्क (आईपीआर) र मुद्रण एवं स्टेशनरी विभागको पनि मन्त्री बनाइएको छ। मन्त्री लोकनाथ शर्मा आईपीआर विभाग मन्त्री थिए। मन्त्री शर्मालाई कृषि एवं बागवानी, पशुपालन एवं पशुचिकित्सा सेवा विभाग अतिरिक्त श्रम विभागको मन्त्री बनाइएको छ। पहिला यस विभागका मन्त्री एमएन शेर्पा थिए। मन्त्री शेर्पालाई उर्जा विभाग अतिरिक्त परिवहन विभाग मन्त्री बनाइएको छ।
स्मरण रहोस, सन्जीत खरेल परिवहन विभागका मन्त्री थिए। मन्त्री खरेललाई भवन तथा आवास विभाग अतिरिक्त सामाजिक कल्याण एवं बाल विकास विभागको मन्त्री बनाइएको छ। यो विभागको मन्त्री डा. एमके शर्मा थिए। मन्त्री शर्मालाई स्वास्थ्य विभाग अतिरिक्त सूचना प्रौद्योगिकी विभागको मन्त्री बनाइएको छ।